नेपाल थाइल्याण्डसँग पराजित

काठमाडाैं | माघ ४, २०८२

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ।


१ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि नाथाकान चानथामले अर्धशतक बनाइन् ।


उनले ३९ बलमा ९ चौका र १ छक्कासहित नटआउट ५७ रन जोडिन् । ननापाटले ३२ रन जोडिन् । नेपालका लागि सरिता रानाले २ विकेट लिइन् ।


कीर्तिपुरस्थित टियु रंगशालामा थाइल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन जोडेको थियो ।


नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् ।


विन्दु रावल र सम्झना खड्काले राम्रो सुरुवात गरेपनि त्यसपछि अन्य ब्याटरले खासै इनिङ सम्हाल सकेनन् । विन्दु र सम्झनाले पहिले विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए।


सम्झनाले ११ बल ६ चौकासहित २६ रन बनाइन्। सम्झना र विन्दु रावलले पहिलो विकेट ५२ रनको साझेदारी गरेका थिए।


त्यसपछि विन्दु र पूजा महतोले इनिङलाई अघि बढाए। १३।३ ओभर विन्दु आउट भइन् । उनको टि ट्वान्टीमा यो उच्च स्कोर हो ।


पूजा १७ बलमा १२ रन बनाएर आउट भइन् । कप्तान इन्दु बर्मा ६ रनमा आउट भइन् । रुविना क्षेत्रीले १० बलमा १७ रन जोडिन् । नेपालले अर्को खेल बिहीवार नेदरल्याण्ड्ससँग खेल्नेछ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्