नेपाल थाइल्याण्डसँग पराजित
काठमाडाैं | माघ ४, २०८२
काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ।
१ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि नाथाकान चानथामले अर्धशतक बनाइन् ।
उनले ३९ बलमा ९ चौका र १ छक्कासहित नटआउट ५७ रन जोडिन् । ननापाटले ३२ रन जोडिन् । नेपालका लागि सरिता रानाले २ विकेट लिइन् ।
कीर्तिपुरस्थित टियु रंगशालामा थाइल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन जोडेको थियो ।
नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् ।
विन्दु रावल र सम्झना खड्काले राम्रो सुरुवात गरेपनि त्यसपछि अन्य ब्याटरले खासै इनिङ सम्हाल सकेनन् । विन्दु र सम्झनाले पहिले विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए।
सम्झनाले ११ बल ६ चौकासहित २६ रन बनाइन्। सम्झना र विन्दु रावलले पहिलो विकेट ५२ रनको साझेदारी गरेका थिए।
त्यसपछि विन्दु र पूजा महतोले इनिङलाई अघि बढाए। १३।३ ओभर विन्दु आउट भइन् । उनको टि ट्वान्टीमा यो उच्च स्कोर हो ।
पूजा १७ बलमा १२ रन बनाएर आउट भइन् । कप्तान इन्दु बर्मा ६ रनमा आउट भइन् । रुविना क्षेत्रीले १० बलमा १७ रन जोडिन् । नेपालले अर्को खेल बिहीवार नेदरल्याण्ड्ससँग खेल्नेछ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

